बझाङमा लगातार भूकम्पकाे धक्का

थानकोट ।

बझाङ केन्द्रविन्दु भएर आज बिहान ११ बजेर ४५ मिनेटमा ५.३ र मध्याह्न १२ बजेर ३२ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको छ ।

आजको भूकम्प गत मंगलबार दिउँसो बझाङ केन्द्रविन्दु भएर गएको ६.३ म्याग्निच्युडको भूकम्पको परकम्प रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार पछिल्लो चार दिनमा बझाङ केन्द्रविन्दु भएर १५ पटक भूकम्पका धक्का मापन गरिएका छन् ।

वरिष्ठ भूकम्पविद् विजयप्रसाद कोइरालाका अनुसार सुदूरपश्चिम क्षेत्रमा ठूलो शक्ति सञ्चित भएर बसेकाले भूकम्पको उच्च जोखिम छ । आजको भूकम्प मंगलबार गएको भूकम्पको परकम्प रहेको उनको भनाइ छ । अझै केही दिन यस्ता परकम्प आउन सक्ने उनको भनाइ छ ।

भूकम्प मापन केन्द्रका अनुसार बझाङ केन्द्रविन्दु भएर यही असोज १६ गते दिउँसो २ बजेर ४० मिनेटमा पहिलो धक्का महसुस भएको थियो । ५.३ म्याग्निच्युडको उक्त कम्पनको २५ मिनेटपछि बझाङलाई नै केन्द्रविन्दु बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

असोज १६ गते दिउँसो ३ बजेर १३ मिनेटमा तेस्रो, ३ बजेर ४५ मिनेटमा चौथो, ४ बजेर २८ मिनेटमा पाँचौँ, ४ बजेर ३१ मिनेटमा छैटौँ, पाँच बजेर १९ मिनेटमा सातौँ, पाँच बजेर ३८ मिनेटमा आठौँ पटक धक्का महसुस भएको थियो ।

असोज १७ गते राति १२ बजेर १६, १२ बजेर ५०, बिहान ४ बजेर २७ र ५ बजेर ४३ मिनेटमा परकम्प गएको थियो । बिहीबार राति १० बजेर ५१ मिनेटमा पनि परकम्प गएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *