दोश्रो मातातीर्थ गोल्डकपः दोश्रो दिनको खेलमा आज वाणस्थली र कुर्दन आमुने सामुने हुँदै

Thankot Times

थानकोट ।

शनिबार (हिजो) बाट सुरु भएको दोश्रो मातातीर्थ गोल्डकप फुटबल प्रतियोगितामा आज एक खेल हुँदैछ ।

प्रतियोगिता अन्तर्गत आज वाणस्थली फुटबल क्लब र कुर्दन फुटबल क्लब आमुने सामुने हुँदैछन् ।

कुर्दन साबिकको उपविजेता टोली हो ।

चन्द्रागिरि नगरपालिका-०६ मातातीर्थस्थित बालागाउँ फुटबल मैदानमा हुने खेल दिउँसो २ बजे सुरु हुनेछ ।

यसअघि शनिबार सम्पन्न प्रतियोगिताको पहिलो खेलमा सोल्टी नेपालले यूनिक फुटबल क्लबमाथि ६-१ को एकपक्षीय जित दर्ता गरेको थियो ।

१९ टोली सम्मिलित नकआउट फुटबल प्रतियोगिता कार्तिक ३ गते सकिनेछ ।

मातातीर्थ संरक्षण तथा विकास संस्थाको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको विजेताले नगद ३ लाख रूपैयाँ प्राप्त गर्नेछ ।

दाेश्राे मातातीर्थ गाेल्डकप: साेल्टी नेपालकाे जितमा प्रकाश थापामगरकाे ४ गाेल

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *