नेपाल ढाका उद्योगका संस्थापक एवं चन्द्रागिरि-३ का वडाध्यक्ष महर्जनको जीवनी आज लोकार्पण हुँदै
थानकोट ।
नेपाल ढाका उद्योगका संस्थापक एवं चन्द्रागिरि नगरपालिका-३ थानकोटका वडाध्यक्ष दुर्गालाल महर्जनको जीवन वृत्तान्त आज लोकार्पण हुँदैछ ।
नेपाल ढाका उद्योग प्रा.लि.द्वारा प्रकाशित सो पुस्तक साहित्यकार भीमनारायण श्रेष्ठले सम्पादन गर्नुभएको हो ।
संघीय सांसद् राजेन्द्रकुमार केसीको उपस्थितिमा बिहान ११ः४५ बजे चन्द्रागिरि नगरपालिका-०७ थानकोटस्थित ग्रीनल्याण्ड ब्याङ्क्वेटमा सो पुस्तक लोकार्पण हुने वडाध्यक्ष महर्जनले जानकारी दिनुभयो ।












