सुन चाँदीको मूल्यमा बढोत्तरी
थानकोट ।
कारोबार हुने साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३०० रुपैयाँले बढेको छ ।
छापावाल सुन तोलामा एक लाख सात हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन उक्त सुन तोलामा एक लाख सात हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन तोलामा एक लाख सात हजार १०० रुपैयाँमा कारोबार भइरहको छ ।
यस्तै, चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ ।
चाँदी तोलामा एक हजार ३३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।













