जन्म दिवसमा वडाध्यक्ष महर्जनको आत्मकथा सार्वजनिक, चन्द्रागिरि मै प्रकाशित पहिलो आत्मकथा !

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-०३ थानकोटस्थित नेपाल ढाका उद्योगका अध्यक्ष तथा चन्द्रागिरि वडा नं. ३ का वडाध्यक्ष दुर्गालाल महर्जनको आत्मकथा सार्वजनिक भएको छ ।

महर्जनको जीवन, भोगाई, संघर्ष, उपलब्धी र आरोह अवरोह सहितका अनुभुतिहरु संग्रहका रुपमा पुस्तकमा प्रकाशित भएकाे छ ।

आइतबार संघीय सांसद् राजेन्द्र कुमार केसी, चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठ, नगरप्रवक्ता एवं वडाध्यक्ष कृष्णप्रसाद खड्गी, नगरका विभिन्न वडाका वडाध्यक्ष तथा नगरसभा सदस्यहरू, वरिष्ठ साहित्यका तेजप्रकाश श्रेष्ठ, भुवनहरि सिग्देल लगायतको उपस्थितिमा सो आत्मकथा सार्वजनिक गरिएको हो ।

साहित्यकार भीमनारायण श्रेष्ठले सम्पदान गर्नुभएको सो पुस्तकका बारेमा साहित्यकार भुवनहरि सिग्देलले समीक्षा गर्नुभएको थियो । सो क्रममा साहित्यकार सिग्देलले वडाध्यक्ष दुर्गालाल महर्जनको प्रकाशित आत्मकथा यस क्षेत्रकै सम्भवत्ः पहिलो आत्मकथा हुन सक्ने बताउनुभयो ।

आत्मकथा विमोचनका क्रममा वडाध्यक्ष महर्जनले जीवन वृत्तान्त पुस्तक अध्ययन गरेमा युवाहरूमा विदेश जाने सोंच परिवर्तन भई स्वदेशमै केही गर्छु भन्ने भावना जागृत हुन सक्ने बताउनुभयो । पुस्तक विमोचनका क्रममा सांसद् राजेन्द्रकुमार केसीले पुस्तकमा यथार्थपरक पक्ष समावेश भएको बताउँदै अहिलेका पुस्तालाई सो पुस्तक प्रेरणाको स्रोत बन्न सक्ने धारणा राख्रुभएको थियो ।

चन्द्रागिरि नगरपालिका वडा नं. ३ का वडाध्यक्ष दुर्गालाल महर्जनको आत्मकथा सार्वजनिकीकरण कार्यक्रममा नगरप्रमुख घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठ, नगरप्रवक्ता एवं वडाध्यक्ष कृष्णप्रसाद खड्गी, मंगलोदय माविका प्रधानाध्यापक कवीन्द्र गोपाली लगायतले संक्षिप्त मन्तव्य राख्नुभएको थियो ।

नेपाल ढाका उद्योगले सो पुस्तक प्रकाशन गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *