तोलामा १ हजार रूपैयाँले बढ्यो सुनको भाउ

Thankot Times

थानकोट ।

कारोबार हुने साताको दोश्रो दिन सोमबार नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको हो ।

यस दिन छापावाल सुन तोलाको एक लाख आठ हजार ६०० रुपैयाँमा कारोबार भइरहको छ । आइतबार छापावाल सुन तोलाको एक लाख सात हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको एक लाख आठ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *