बागमती नदी किनारमा मृत भेटिए २० वर्षीय विमल
थानकोट ।
नयाँ बानेश्वरस्थित बागमती नदी किनारमा एक जना युवकको शव भेटिएको छ ।
बुद्धनगर बस्ने २० वर्षीय विमल महरा बुधबार बिहान बागमती नदी किनारको झाडीमा मृत भेटिएका हुन् ।
घटनास्थलमा प्रहरी वृत्त बानेश्वरको टोली पुगेर अनुसन्धान थालेको छ । घटनास्थलमा रगत र सिरिन्ज भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।













