सुनको भाउमा सामान्य गिरावट

Thankot Times

थानकोट ।

कारोबार हुने साताको चाैथो दिन बुधबार नेपाली बजारमा सुनको भाउ घटेको छ ।

सुनको मूल्य हिजो मंगलबारको तुलनामा आज एक सय रुपैयाँले घटेको हो ।

हिजो तोलाको एक लाख ८ हजार ९ सय रुपैयाँ रहेको सुनको भाउ आज एक लाख ८ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने स्थिर छ ।

हिजो जस्तै चाँदी आज तोलाको एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *