नागढुंगामा ५, थानकोटमा ४ थान दुई पांग्रे वर्षाैदेखी ‘डम्प’
थानकोट ।
ट्राफिक प्रभाग नागढुंगा, ट्राफिक प्रभाग थानकोट लगायत काठमाडाैंका ट्राफिक कार्यालय तथा प्रहरी चाैकीहरूमा वर्षाैंदेखी दुई पांग्रे सवारी साधनहरू थन्किएका छन् ।
आपराधिक कार्यमा प्रयोग भएका, राजस्व नतिरेका, बिना बिलबुक चलाएका, दुर्घटना गराएर चालक फरार भएका, फुटपाथमा जथाभाबी पार्किङ गरेका सवारी साधन महानगरीय ट्राफिक प्रहरीले जफत गरी कार्यालयमा ल्याएर राख्ने गरेको छ ।
जसअनुसार ट्राफिक प्रहरी प्रभाग नागढुंगामा १ थान स्कुटरसहित ५ वटा दुई पांग्रे सवारी साधन थन्किएको छ ।
यस्तै ट्राफिक प्रभाग थानकोटमा ४ वटा मोटरसाइकल थन्किएको लामो समय भएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख डीआईजी पोषराज पोखरेलका अनुसार यसरी ल्याइएकामध्ये कतिपय त सवारी धनी आएर लैजान्छन्, कतिपय भने दाबी गर्न कोही पनि आउँदैनन् लोकान्तरमा खबर छ ।
प्रतिकात्मक तस्बिर













