मध्यरातमा बझाङमा भूकम्पको शक्तिशाली धक्का
थानकोट ।
बझाङमा गएराति भूकम्प गएको छ ।
मध्यरातको १२ बजेर २२ मिनेटमा बझाङ केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।
५.२ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
असोज १६ गते बझाङ केन्द्र बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।
उक्त भूकम्पले घर भत्काउँदा एक महिलाको मृत्यु भएको थियो भने दर्जनाैं स्थानीय घाइते भएका थिए । पछिल्लो समय पश्चिम नेपालमा भूकम्पको धक्का मापन हुने क्रम बढेको छ ।













