बजार अनुगमन गर्न चन्द्रागिरि नगरपालिकालाई मन्त्रालयको परिपत्र !
थानकोट ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बजार अनुगमन तथा वितरण प्रणाली सहज बनाउन देशका सबै स्थानीय तहहरूलाई परिपत्र गरेको छ ।
बुधबार पत्र काट्दै मन्त्रालयले नजिकिँदै गरेको चाड पर्वलाई लक्षित गर्दै उपभोग्य वस्तुहरूको मूल्यवृद्धि, म्याद नाघेका वस्तुहरूको बिक्री वितरण, अखाद्य वस्तुहरको प्रयोग तथा कृतिम अभाव जस्ता अवाञ्छित क्रियाकलाप नियन्त्रण गर्न र उपभोग्य वस्तुको सहज आपूर्तिको व्यवस्था गर्न सरोकारवाला निकायसँग समन्वय तथा सहजीकरण गर्न मन्त्रालयले सूचित गरेको हो ।














