सतुंगलमा रहेको एक गोदाममा वाणिज्य विभागको छापा

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका सतुगंलमा रहेको एक गोदाममा वाणिज्य तथा आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग​ले छापा मारेको छ ।

सो गोदाममा चिनी भएको आशंका गरिएको छ । उक्त गोदाममा विभागको टोलीले बिहीबार दिउँसो सिल लगाएको छ ।

यसबारेमा थप विवरण आउन बाँकी रहेको छ ।

विभागले चिनी कालोबजारी गरेको अभियोगमा असोज ८ गते कुलेश्वरस्थित गुह्वेश्वरी ट्रेड लिंकको गोदाममा सिलबन्दी गरेको थियो ।

सो गोदाममा ठूलो परिमाणमा चिनी लुकाएर राखेको र अत्यधिक मूल्यवृद्धि गरी थोक तथा खुद्रा बिक्रेतालाई बिक्री गर्दै आएको पाइएपछि गोदाममा सिलबन्दी गरिएको विभागका महानिर्देशक तीर्थराज चिलुवालले बताएका थिए ।

चाडपर्व नजिकिएसँगै बजारमा चिनीको माग ह्वात्तै बढेको माैका छोपी व्यापारीहरूले चिनीमा कालोबजारी गरिरहेको आशंकमा विभागले सक्रियता देखाइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ