यी ५ वटा अस्पतालमा उपचार गराउँदा चन्द्रागिरि बासीले पाउनेछन निःशुल्क रक्तसञ्चार सेवा
थानकोट ।
बागमती प्रदेश अन्तर्गतको स्वास्थ्य निर्देशनालयले काठमाडाै महानगरसहित काठमाडाैंका सबै स्थानीय तहका बासिन्दाहरूले निःशुल्क रक्तसञ्चार सेवा पाउने अस्पतालको सूची सार्वजनिक गरेको छ ।
प्राप्त विवरण अनुसार काठमाडाैंका सबै ११ वटै नगरका बासिन्दाहरूले राष्ट्रिय ट्रमा सेन्टर महाकाल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्ज, शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, बाँसबारी, त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज, निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरमा निःशुल्क रक्तसञ्चार सेवा पाउनेछन् ।














