काठमाडौंका यी १६ ठाउँमा एक सातासम्म विद्युत् सेवा प्रभावित हुने

Thankot Times

थानकोट ।

काठमाडौंका १६ ठाउँमा एक सातासम्म विद्युत् सेवा प्रभावित हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै यो जानकारी गराएको हो।

प्राधिकरणका अनुसार काठमाडौं ग्रिड महाशाखा अन्तर्गत लैनचौरस्थित ६६/११ के.भी. सबस्टेसन स्तरोन्नति भइरहेकाले कात्तिक ४ गतेसम्म उक्त सबस्टेशनबाट आपूर्ति भइरहेका स्थानसहित अन्य क्षेत्रमा विद्युत् सेवा प्रभावित हुने छ।

लैनचौर ६६ र ११ के.भी.सबस्टेसनबाट सञ्चालित सामाखुशी, ठमेल, किंग्सवे, लाजिम्पाट र पानीपोखरी क्षेत्रमा विद्युत आपूर्ति गर्न प्राधिकरणले भृकुटीमण्डप, कमलपोखरी, डिल्लीबजार, क्षेत्रपाटी, असन, महाबौद्ध, न्युरोड, पुतलीसडक, गोंगबु, रानीबारी र बालुवाटार क्षेत्रबाट वैकल्पिक व्यवस्था गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ