नेकपा माओवादी केन्द्र चन्द्रागिरि-४ को अध्यक्षमा तिर्थराज बलामी (सुरेश)

Thankot Times

थानकोट ।

नेकपा (माओवादी केन्द्र ) चन्द्रागरि नगरपालिका वडा नं. ४ थानकोटको अध्यक्षमा तीर्थराज बलामी (सुरेश) चयन भएका छन् ।

सो पार्टीको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत पार्टी शुद्धीकरण तथा जनसम्बन्ध सुदृढीकरण लगायत विविध कार्यक्रम अन्तर्गत सो वडामा तीर्थराज बलामी (सुरेश) को नेतृत्वमा १९ सदस्यीय वडा कमिटि पुनर्गठन भएको बताइएको छ ।

चन्द्रागिरि नगरपालिका वडा नं. ४ को पुनर्गठन कार्यक्रममा सो पार्टीका केन्द्रीय सल्लाहकार समिति सदस्य मुकुन्द घिमिरे, जिल्ला समन्वय समिति सदस्य सानुकाजी खड्गी सो पार्टीका चन्द्रागिरि नगर पार्टी समिति कार्यालय सदस्य तथा अखिल नेपाल किसान महासंघ संयोजक तेजमान श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *