सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
थानकोट।
नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा ६०० रुपैयाँले बढेको हो ।
छापावाल सुन तोलामा एक लाख १० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन उक्त सुन तोलामा एक लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुन तोलामा एक लाख ९ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पाँच रुपैयाँले घटेर कारोबार भएको छ । चाँदी तोलामा एक हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।













