झ्याल पुछ्ने क्रममा लडेर कीर्तिपुरमा एक जनाकाे ज्यान गयाे

Thankot Times

थानकोट ।

कीर्तिपुरको एक घरको तीनतलाबाट लडेर एक वृद्धको मृत्यु भएको छ ।
प्रहरीका अनुसार कीर्तिपुर नगरपालिका ८ पांगा हल नजिक बस्ने ७० वर्षीय श्याम बाबु महर्जनको आफ्नै घरको तीन तलबाट लडेर शुक्रबार बिहान मृत्यु भएको हाे ।
आफ्नै घरको झ्याल सफा गर्ने क्रममा लडेर गम्भीर घाइते भएका उनको सोही ठाउँ देवढोकास्थित कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ