घटस्थापनाको दिन बिहानै दुःखद खबर, स्कुटरचालक महिलाको मृत्यु, ठक्कर दिने सवारी फरार !
थानकोट ।
एका विहानै स्कुटर दुर्घटना हुँदा एक जना महिलाको ज्यान गएको छ ।
मुग्लिन-नारायणगढ सडक खण्डको जलिवरेमा आइतबार बिहानै सडक दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । प्रहरीका अनुसार नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको बागमती प्रदेश ०२ ०४६ प १६९२ नम्बरको स्कुटर इच्छाकामना गाउँपालिका वडा नं. ६ जलविरेनजिकै दुर्घटना हुँदा स्कुटर चालकको घटना स्थलमै मृत्यु भएको छ ।
मृतकको सनाखत हुन बाँकी छ ।
कुनै सवारी साधनले ठक्कर दिएर दुर्घटना भएको हुनसक्ने भन्दै प्रहरीले अहिले ठक्कर दिने सवारी साधनको खोजी भइरहेको बताएको छ ।
तस्बिरः विनोद श्रेष्ठ













