खसी-बोकाको स्वास्थ्य परीक्षणका लागि थानकोटसहित ११ स्थानमा पशु चिकित्सकको टोली परिचालन

थानकोट ।

पशुसेवा विभागले काठमाडौं उपत्यकाका ११ स्थानमा पशु चिकित्सकसहितको टोली परिचालन गर्ने भएको छ।

चाडपर्वका अवसरमा उपभोक्तामा स्वस्थ्यकर एवं गुणस्तरीय मासु बिक्री गराउने उद्देश्यले पशुपक्षीको स्वास्थ्य परीक्षणका लागि टोली परिचालन गर्ने भएको हो। उक्त टोलीले पशुपक्षीबाट नमूना संकलन, रोग निदान र उपचार समेत गर्नेछ।

विभागका महानिर्देशक डा उमेश दाहालले आज विज्ञप्ति जारी गरी कलङ्की खसी बजार, बल्खु कालिमाटी माछा बजार, चोभार नाका, चाल्नाखेल राँगा बजार, टुकुचा खसी बजार, खाद्य संस्थान, लोकन्थली खसी बजार, साल्लाघारी च्याङ्ग्रा बजार, बालाजु बाइपास नाका, लगनखेल, धापाखेल, आकाशे धारा, थानकोट, दहचोक, मूलपानीमा टोली परिचालित हुने जानकारी दिए।

नमूना संकलनपछि स्वस्थ्य देखिएमा हरियो रङ र रोगी देखिए रातो संकेत गर्ने व्यवस्था मिलाइएको छ। गतवर्ष घटस्थापनादेखि नवमीका दिनसम्म मासुका लागि कूल ५४ हजार पशु काठमाडौं भित्रिएका थिए।

विभागले स्वस्थ्यकर र फुर्तिलो खसी, बोका, राँगा छनोट गर्न र मासु उत्पादन र बिक्री गर्दा सरसफाइमा ध्यान दिन पनि आग्रह गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *