सुनको मूल्य घट्यो, चाँदीको स्थिर

Thankot Times

थानकोट ।

नेपाली बजारमा सुनको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा ७०० रुपैयाँले घटेको हो । 

छापावाल सुन तोलामा एक लाख १२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन एक लाख १३ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन तोलामा एक लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । 

चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलामा एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *