दोश्रो मातातीर्थ गोल्डकपः सेमीफाइनल समीकरण पूरा, सोमबारका दुवै खेलको नतिजा सडेन डेथमा

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-०६ मातातीर्थस्थित बालागाउँ फुटबल मैदानमा जारी दाेश्राे मातातीर्थ गाेल्डकप फुटबल प्रतियोगितको सेमीफाइनल समीकरण पूरा भएको छ ।

आज सोमबार सम्पन्न खेलहरूको नतिजासँगै प्रतियोगितामा अन्तिम ४ टोलीको छिनोफानो भएको हो ।

प्रतियोगिताको तेस्रो क्वार्टफाइनलमा स्टार ११ ले भकुण्डेचाैरको चुनाैती सडेन डेथमा पन्छाउँदै अन्तिम ४ मा स्थान सुरक्षित गर्यो ।

यसैगरी प्रतियोगिताको अन्तिम क्वार्टर फाइनलमा सडेन डेथमै ब्लुबेलको चुनाैती पन्छाउँदै स्वतन्त्र युथ क्लबले पनि सेमीफाइनलमा स्थान सुरक्षित गर्यो । तनावपूर्ण निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेलको ट्राइबेकरमा निकालिएको थियो ।

सेमीफाइनलमा स्वतन्त्र युथ क्बलले कुर्दन फुटबल एकेडेमीको सामना गर्नेछ भने स्टार ११ ले सोल्टी नेपालसँग खेल्नेछ । दुवै सेमीफाइनल खेल कार्तिक १ गते हुने तालिका रहेको छ ।

तीन लाख रूपैयाँ पुरस्कार राशि भएको प्रतियोगिताको फाइनल कार्तिक ३ गते हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *