चन्द्रागिरि चेम्बर अफ कमर्शका अध्यक्ष एवं समाजसेवी घिमिरेसहित तीन जना खेल व्यक्तित्व सम्मानित

थानकोट । 

खेलकुद तथा समाजसेवामा योगदान दिएका तीन जना व्यक्तित्व सम्मानित भएका छन्।

नेपाल टाइगर्सद्वारा आयोजित कार्यक्रममा चन्द्रागिरि चेम्बर अफ कमर्सका अध्यक्ष एवं युवा समाजसेवी रामनारायण घिमिरे, ५५औँ एसियाली शारीरिक सुगठनमा स्वर्ण पदक विजेता रजनी श्रेष्ठ र तेक्वान्दोका प्रशिक्षक श्याम थापामगर सम्मानित भएका हुन।वेस्टर्न युनाइटेड क्लबका अध्यक्षसमेत रहेका समाजसेवी घिमिरेले चन्द्रागिरि नगर क्षेत्रमा खेलकुद प्रवर्द्धनमा अतुलनीय योगदान पुर्याउँदै आएका छन्।

सांसद कृष्णगोपाल श्रेष्ठले उनीहरूलाई सम्मान गर्दै अगामी दिनमा खेलाडी र खेल क्षेत्रको प्रवर्द्धन गर्न आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने जानकारी दिए।

सो अवसरमा युवाउद्यमी नयन लामिछानेले खेल र खेलाडीलाई सधैँ राजनीतिबाट अलग राखेर अगाडि बढ्नुपर्दछ भने।

कार्यक्रम संयोजक सविन तामाङले आगामी दिनमा समाजको विविध क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गरिँदै जाने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *