दशैंको मुखमा चट्याङ लागेर लमजुङमा १८ वटा भेडाबाख्रा मरे
थानकोट ।
लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका-५ सञ्जापुमा रहेकाे भेडीगोठमा चट्याङ लागेर १८ वटा भेडाबाख्रा मरेका छन् ।
हिजो मङ्गलबार दिउँसो १ बजेको समयमा चट्याङ लागेर स्थानीय किसानका १८ वटा भेडाबाख्रा मरेका जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक थानेश्वर चपाईले जानकारी दिनुभयो ।
उहाँका अनुसार चट्याङबाट स्थानीय धनराज घलेका तीन वटा बाख्रा र १० वटा भेडा मरेका छन् ।
यस्तै सुकुमराशी गुरुङका तीन वटा बाख्रा र दुई वटा भेडा मरेका छन् ।
चट्याङबाट मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक चपाईले बताउनुभयो ।













