सुनको मूल्य तोलामा १ हजार ३ सय रूपैयाँले बढ्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा बुधबार सुनचाँदीको भाउ बढेको छ ।

बुधबार सुन तोलामा १ हजार ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार छापावाल सुन तोलामा १ हजार ३०० रुपैयाँले बढेर १ लाख १३ हजार २०० रुपैयाँमा कारोबार भइरहको छ । मंगलबार छापावाला सुन तोलामा १ लाख ११ हजार ९०० रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, बुधबार तेजाबी सुन तोलामा १ लाख १२ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार १ लाख ११ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, बुधबार तोलामा ३५ रुपैयाँले बढेर चाँदी १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि मंगलबार चाँदी तोलाको १ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *