दसैं बिदाको समयमा पनि आयल निगमको थानकोट डिपो खुला रहने
थानकोट ।
नेपाल आयल निगमले दसैंको बिदामा पनि इन्धन बिक्री गर्ने भएको छ ।
दसैं बिदाको समयमा सवारी साधन र उपभोक्तालाई पेट्रोलियम पदार्थको अभाव हुन नदिन निगमले प्रादेशिक कार्यालयहरुमार्फत पेट्रोल पम्पहरुलाई इन्धन बिक्री गर्ने कार्ययोजना सार्वजनिक गरेको हो ।
निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार बागमती प्रादेशिक कार्यालय थानकोट, लुम्बिनी प्रादेशिक कार्यालय भलवारी, गण्डकी प्रादेशिक कार्यालय पोखरा, मधेस प्रादेशिक कार्यालय अमलेखगन्ज, कर्णाली प्रादेशिक कार्यालय सुर्खेत, कोशी प्रादेशिक कार्यालय विराटनगरलगायतले दसैं बिदाको समयमा पनि डिपो खोलेर स्थानीय पेट्रोल पम्पहरुलाई इन्धन बिक्री गर्न व्यवस्था मिलाइएको छ ।
नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले दसैं बिदाको समयमा उपत्यकाका पेट्रोल पम्प सञ्चालनमा रहने जानकारी दिए ।













