छेठाैं नैकाप गोल्डकपः ब्लु-बेलको सानदार जित, न्यू चन्द्रसूर्य पनि दोश्रो चरणमा
थानकोट ।
छैठाैं संस्करणको नैकाप गोल्डकप फुटबल प्रतियोगितामा साबिक उपविजेता ब्लु-बेल फुटबल क्लब र न्यू चन्द्रसूर्य क्लबले विजयी सुरुवात गरेका छन् ।
प्रतियोगिता अन्तर्गत बिहीबार पुल सी मा रहेका ब्लु-बेल फुटबल क्लब र बिजी फुटसल क्लबबीचको खेलमा ब्लु-बेलले ४-० को सहज जित दर्ता गर्यो । जितसँगै ब्लु-बेल प्रतियोगिताको दोश्रो चरणमा प्रवेश गरेको छ ।
ब्लु बेलका लागि संजोग महर्जन, अनिल खड्का, सुजित बुढाथोकी र अमित तामाङले समान १-१ गोल गरे ।
यसैगरी बिहीबार नै सम्पन्न पुल बी रहेका न्यू चन्द्रसूर्य र सन्तोष फुटबल क्लबबीचको खेलमा न्यू चन्द्रसूर्यले २-० को जित हात पार्यो । जितसँगै चन्द्रसूर्यले पनि दोश्रो चरणमा स्थान पक्का गर्यो । अर्जुन श्रेष्ठले पेनाल्टी गोलमार्फत आफ्नो टिमलाई अग्रता दिलाएको यो खेलको दोस्रो हाफमा विपिन थापा मगरले अग्रता दोब्बर पारे ।
प्रतियोगिताअन्तर्गत भोलि शुक्रबार पहिलो चरणका अन्तिम २ खेल हुनेछन् ।
जसमा पुल ए मा रहेको ल्याक्टो लक्ष्यले बार्सा नेपालको दिउँसो ३ सामना गर्नेछ ।
सो अघि दिउँसो १ बजे पुल डी मा रहेका बीबी गोर्खाज फुटबल क्लब र गणेशदेवी युथ क्लबबीच खेल हुनेछ । सो पुलमा रहेको गोल्डस्टार युथ क्लब भने सिधै दोश्रो चरणका लागि चयन भएको छ ।
फाइल फोटो












