लापसे गरी सवारी साधन हाँक्ने ४ जना चालक नागढुंगाबाट प्रहरीको नियन्त्रणमा

Thankot Times

थानकोट ।

ट्राफिक प्रहरीले दसैँ, तिहार र छठ पर्वलक्षित विशेष चेकिङको क्रममा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउँदै गरेका चारजना चालकलाई नियन्त्रणमा लिएको छ ।

नागढुंगा नाकाबाट बिहीबार लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउँदै गरेका चारजना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार ना७ख ५३२ नम्बरका ट्रक चालक धादिङको थाक्रे गाउँपालिका २ का २९ वर्षीय रामकुमार सुवेदी, बा४ख ५७४८ नम्बरका बस चालक काठमाडौंको तार्केश्‍वर नगरपालिका १ का २६ वर्षीय दिपेश सापकोटा, प्रदेश ३ ०१ ००६ ख २५४६ नम्बरका ट्रक चालक काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका ९ का ३१ वर्षीय राम कुमार गौतम र ना६ख ९६९३ नम्बरका बस चालक कैलालीको धनगढी उपमहानगरपालिका १ बस्ने ४४ वर्षीय दीप श्रेष्ठलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएका ‍चारैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोटमा राखिएको प्रहरी वृत्त थानकोटका प्रमुख डिएसपी नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *