नागढुंगामा कार दुर्घटना

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-२ नजिकै कार दुर्घटना भएको छ ।

प्रहरीका प्रभाग नागढुंगाका अनुसार बा १५ च ९०६४ नम्बरको कार हिजो साँझ नागढुंगा चेकपोष्टभन्दा थोरै तल दुर्घटना भएको हो ।

सडकबाट तल भिरमा खसेको कारलाई क्रेनको सहायताले शुक्रबार बिहान निकालिएको छ । दुर्घटनामा बैतडी घर भएका भवान सिंह रावल, उनकी पत्नी वसन्त कुमारी रावल र  छोरा सिरिस रावल घाइते भएका छन् ।

घाइतेहरूको सिनामंगल स्थित केएमसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाग्रस्त सो कार निकाल्ने क्रममा सडक केहीबेर अवरूद्ध भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *