मातातीर्थको पथिक प्राज्ञ निगममा भएको के हो ?

Thankot Times

थानकोट ।

गुरु पथिकले अनियमिता गरेको आरोप लागेको समाचार प्रकाशित भएपछि पथिक प्रज्ञा निगमले स्पष्टीकरण दिएको छ ।

निगमले चन्द्रागिरि नगरपालिका- ०८ मातातिर्थमा योग ध्यान गराउने आचार्यश्री पथिकले मानवीय चेतना जागृतिका लागि स्वास्थ्य, शिक्षा, योग तथा आध्यात्मका क्षेत्रमा करिब ५० वर्षभन्दा धेरै सेवा गरेको बताएको छ ।

पथिकले ५० भन्दा बढी पुस्तक लेखेको, १० वटाभन्दा बढी आश्रम स्थापना, १० वटाभन्दा बढी अस्पताल स्थापना र २० कठ्ठाभन्दा बढी जग्गा दान गरेको भन्दै निगमले पथिकले सामाजिक सेवामा योगदान दिएको दाबी गरेको छ । 
 
यस्तै अध्यक्ष टंकनाथ पौडेलले कम्पनी अपारदर्शी र मनोमानी ढंगले सञ्चालन नगरेको निगमका सञ्चालक टोपेन्द्र खनालले बताएका छन् । यो विषयमा अदालतमा मुद्दा परी दाबी नपुग्ने फैसला गरेको उनले जानकारी दिए । साथै गुरु टंकनाथले कुनै व्यवसायिक घात नगरेको भन्दै खनालले २०७६ सालसम्म प्रबन्ध संचालक चिरन्जिवीमान शाक्य, र संचालक उषा मास्केको कम्पनीले गरेका हरेक निर्णयमा नेतृत्वदायी भूमिका रहेको बताए ।

अदालतको फैसलामा कम्पनीको आर्थिक, प्रशासनिक कारवाहीलाई सम्पूर्ण रुपमा सुव्यबस्थित र रितपूर्वक गर्नु भन्ने भनाइलाई बाङ्गो टेढो बनाई प्रस्तुत गरिएको उनले बताए ।

खनालले आ.व २०६८-६९ मा डिभाइन ग्रेस एकेडेमीको नाम फेरेर पथिक प्राज्ञ निगम प्रालि राखी अध्यक्ष टंकनाथले चरम मनोमानी गरेको भन्ने आरोपको खण्डन गरेका छन् । टंकनाथको चरित्र हत्या गर्न यस्तो आरोप लगाइएको उनले बताएका छन् ।

 टंकनाथले ९०० कित्ता शेयर बढाए ६६ हजार ९३० कित्ता कायम गरेको विषयमा खनालले अदालतले कम्पनीलाई सम्पूर्ण अधिकार दिई कार्य गर्न आदेश दिइसकेको बताए । 

तीन रोपनी जग्गामा बनेको संरचनाको भाडाको विषयमा पनि खनालले प्रस्टीकरण दिएका छन् । उनले अध्यक्षले भाडाको रकम नबुझेको भन्दै चिरन्जिबीमान शाक्य (प्रबन्ध संचालक) र संचालक उषा मास्के मानन्धरको सयुंक्त हस्ताक्षरमा संचालन भैरहेकोमा उनीहरूकै लापरवाहीको कारण बैंक खाता सुप्त भएको दाबी गरे । साथै टंकनाथ पौडेलले विश्वासघात गरेको भन्ने आरोप झुटो, कपोकल्पित भएको खनालले बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ