पोखरामा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, मकवानपुरमा यात्रुबाहक बस दुर्घटना

Thankot Times

थानकोट ।

पोखरामा विपरित दुई दिशाबाट आइरहेका मोटरसाइकल एक आपसमा ठोक्किँदा गोरखाका शुक्रराज श्रेष्ठको मृत्यु भएको छ ।

पोखरा–२५ स्थित फुर्केटारी चोकमा ग१६प २९१ नम्बरको मोटर साइकल र बागमती प्रदेश ०२-०१६ प ७०८४ नम्बरको मोटरसाइकल ठक्कर खाँदा श्रेष्ठ घाइते भएका थिए । उनलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । अर्का घाइतेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

यता मकवानपुरमा यात्रु बस दुर्घटना भएको छ।

शुक्रबार अपराह्न हेटौँडाबाट बागमती गाउँपालिकातर्फ जाँदै गर्दा मदन भण्डारी राजमार्ग (धरान चतारा सडक खण्ड) अन्तर्गत पर्ने बकैया–५ तीनतलेमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका हुन् ।

हेटौँडाबाट जुइना जाँदै गरेको ना ४ ख ३९८८ नम्बरको बस तीन तले भन्ने स्थानमा ओरालोमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा घाइते भएका मध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको छ भने थप विवरण आउन बाँकी रहेको मकवानपुर प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ