मत्स्यनारायणमा लागेको एक महिने पुरुषोत्तम मासमेलामा कति भयो आम्दानी, कति भयो खर्च ?

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका ०९ मच्छेगाउँस्थित मत्स्यनारायण मन्दिर क्षेत्रमा हरेक तीन वर्षमा एक पटक महिना दिनसम्म मनाइने मत्स्यनारायण मेला गत साउन २ गतेबाट सुरू भइ साउन ३१ गते सकियो ।

गत अधिकमासमा कोरोना भाइरस महामारीका कारण मेला लाग्न नसकेको सो तीर्थस्थलमा यसपटक श्रद्धालुहरूको चहलपहल मेला सुरु भएको दिनदेखी अन्तिम दिनसम्म अटूट रूपमा देखियो ।

श्रद्धालुहरूको चहलपहलका कारण पनि सो मेलामा कति आम्दानी भयो भन्ने चासो सबैमा देखिनु स्वभाविक थियो ।

चन्द्रागिरि नगरपालिका ०९ का वडाध्यक्ष अच्यूत अधिकारीको संयोजकतत्वमा गठन भएको मेला व्यवस्थापन समितिले ढिलो गरी सो मेलाको खर्च र आम्दानीको विवरण सार्वजनिक गरेको छ ।

थानकोट टाइम्सलाई प्राप्त मत्स्यनारायण मेला-२०८० को खर्च तथा आम्दानी विवरण अनुसार चन्द्रागिरि नगरपालिकाबाट मेला व्यवस्थापनका लागि उपलब्ध गराइएको रकम ढिला स्वीकृत हुनु, उपसमितिहरूबाट प्राप्त खर्च विवरण ढिला प्राप्त हुन लगायतका कारण खर्च तथा आम्दानी विवरण समयमै सार्वजनिक हुन नसेकको वडाध्यक्ष एवं मेला व्यवस्थापन समिति संयोजक अच्यूत अधिकारीले बताए ।

मेला व्यवस्थापन समितिको कार्तिक १ गते बसेको बैठकले एक महिने अधिकमास मेलामा भएको खर्च तथा आम्दानी विवरण सार्वजनिक गर्ने निर्णयसँगै विभिन्न ५ वटा उपसमितिले पेश गरेको खर्च विवरण अनुमोदन गर्ने निर्णय गरेको थियो ।

सार्वजनिक भएको खर्च तथा आम्दानी विवरणका यथार्थमा आधारित भएको भन्दै मेला व्यवस्थापन समितिले सो सम्बन्धमा चित्त नबुझेमा सम्बन्धित पक्षसँग जिज्ञासा राख्न सक्ने बताइएको छ ।

वडाध्यक्ष अधिकारीले मत्स्यनारायण मेला व्यवस्थापनको खर्चका विषय थप जिज्ञासा रहेमा वडा कार्यालयमा सक्कल विवरण हेर्न सकिने पनि जानकारी दिए ।

गत बुधबार सार्वजनिक भएको विवरण अनुसार एक महिने मलमास मेला व्यवस्थापनमा २५ लाख ३४ हजार ६ सय १४ रूपैयाँ आम्दानी हुँदा २५लाख ८ हजार ९ सय ८७ रूपैयाँ खर्च भएको देखिएको छ ।

विस्तृतमा हेराैंः 

तस्बिरः प्रकाश गोपाली


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ