उपत्यकामा तार भूमिगत भएपछि झ्याप झ्याप बत्ति जाने समस्या हट्ने
थानकोट ।
उपत्यकासहित सहरी क्षेत्रमा अहिले झ्याप झ्याप बत्ति गइरहने समस्या बढ्दो छ। अधिकांश प्रसारण र वितरण प्रणाली पुरानो र ‘ओभरलोड’ भएका कारण यस्तो समस्या भएको हो।
सरकारले उत्पादनसँगै प्रसारण र वितरण प्रणालीलाई विकास गर्न सकेको छैन्। जसकारण अहिले भएका अधिकांश वितरण र प्रसारण प्रणाली ‘ओभरलोड’ भएका हुन्। प्रणालीले नथामेका कारण नै अहिले झ्याप झ्याप बत्ति जाने र आउने समस्या बढेको छ।
बत्ति आउने/जाने समस्या हटाउनका लागि उपत्यकामा नेपाल विद्युत प्राधिकरणले वितरणको तार भूमिगत गर्न थालेको छ। वितरण प्रणालीलाई गुणस्तरीय बनाउन नेपाल विद्युत प्राधिकरणले तार भूमिगत गर्ने योजनामा काम गरिरहेको हो।
नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले तार भूमिगत गर्ने काम सम्पन्न भएपछि गुणस्तरीय बिजुली दिन सकिने बताए। उनका अनुसार यो कार्य सम्पन्न भएपछि अहिलेको जस्तो बत्ति जाने समस्या हट्नेछ। बत्ति जाने समस्या मात्रै हट्नेमात्रै होइन यसले सहरलाई समेत सफा बनाउनेछ। अहिलेको जस्तो तारै तारले भरिएको कुरुप सहर देखिने छैन्।
बीजमाण्डुबाट












