बिहानै दुर्घटनाकाे खबर, माेटरसाइकल चालकको घटनास्थलमै मृत्यु
थानकोट ।
त्रिभुवन राजपथअन्तर्गत भैंसे–हेटौँडा सडकखण्डको बागझोरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
गएराति भैसेँबाट हेटौँडातर्फ आउँदै गरेको बा १७ प २१८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब तीन सय मिटर तल खस्दा चालकको घटनास्थलमै मृत्यु भएको हो
मृत्यु हुनेमा भीमफेदी गाउँपालिका–१ बस्ने सुमिन लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिइन् ।
उक्त मोटरसाइकलको पछाडि सवार भीमफेदी–१ बस्ने रमन बस्नेत घाइते भएको र उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रनाउ भण्डारीले बताइन् ।













