मनकामना केबलकार कार्तिक ६ देखी ८ गतेसम्म बन्द रहने
थानकोट ।
नेपालको पहिलो केबलकार सेवा मनकामना केबलकार बडा दशैंमा तीन दिन बन्द हुने भएको छ ।
केबलकार सेवा नवमी, दशमी र एकादशीका दिन (कात्तिक ६, ७ र ८ गते) बन्द हुने मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।
नायब प्रबन्धक शेरचनका अनुसार मनकामना केबलकार कात्तिक ९ गतेदेखि नियमित सञ्चालनमा आउनेछ ।
गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना मातामाईको मन्दिर जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना-४ कुरिनटार (चेरेस)बाट १० मिनेटमा पुग्ने गरी २०५५ सालमा स्थापना गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो ।
सो केबलकार सेवा प्रयोग गरी दैनिक हजाराैं स्वदेशी तथा विदेशीहरू मनकामना क्षेत्र पुग्ने गरेका छन्।













