काठमाडौं आइपुग्यो इजरायलमा मारिएका १० मध्ये ३ जना नेपालीको शव

Thankot Times

थानकोट ।

इजरायलमा मारिएकामध्ये ३ जनाको शव आइतबार काठमाडौँ आइपुगेको छ। इजरायल सरकारले पहिचान भएका ४ शवको कानुनी प्रक्रिया पूरा गरेर नेपाली दूतावासलाई बुझाएसँगै ती शवहरू शनिवार नेपाल पठाइएको थियो।

पहिलो चरणमा नेपाल पठाइएको शवमध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिस्टको शव नेपाल आइपुगेको छ । आशिष चौधरीको शव भने दिउँसो आइपुग्नेछ।

७ अक्टोबरमा गाजास्थित हमास समूहको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो।  बाँकी ६ नेपालीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको दूतावासले जनाएको छ। शवहरूलाई आइतबार नै नेपाली सेनाको हेलिकप्टरमार्फत कैलाली सदरमुकाम धनगढी लैजाने तयारी छ।

तस्बिरः रातोपाटी


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ