बडा दशैंको टीकाको साइत मङ्गलबार बिहान ११:०२ बजे उत्तम

Thankot Times

थानकोट ।

नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।

यस वर्ष आज अर्थात कात्तिक ७ गते मङ्गलबार विजयादशमी परेको छ ।

विजयादशमीमा दिनभर मान्यजनबाट टीका प्रसाद ग्रहण गर्न सकिने भएपनि साइत खोज्नेका लागि बिहान ११ : ०२ बजेको साइत उत्तम रहेको छ ।

दुर्गा भवानीको प्रसाद कोजाग्रत पूर्णिमाका दिनसम्म लगाउन सकिने शास्त्रीय मान्यता रहेको छ ।

दुर्गा पक्ष समेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ ।

यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ