महानवमीका दिन मापसे गरी सवारी साधन हाँक्ने ८३ जना चालक कारबाहीमा

Thankot Times

थानकोट। 

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा विभिन्न कसुरमा ६३७ जना सवारी चालकहरूमाथि कारबाही गरेको छ ।

काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ तथा मातहत समेतबाट भएका कारबाहीको विवरण ट्राफिक प्रहरीले सार्वजनिक गरेको छ । 

जसअनुसार मापसे गरि सवारी साधन हाँक्ने ८३ जना, लेन अनुशासन पालना नगर्ने ३ जना, जथाभावी हर्न बजाउने ४ जना, तिव्र गतिमा सवारी साधन हाँक्ने ४ सय ३५ जना तथा अन्य कसुरमा १ सय १२ जना चालक कारबाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ । 

फाइल तस्बिर


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ