घट्यो दसैंका लागि ल्याइएको खसी-च्यांग्राको भाउ

थानकोट ।

दसैंका लागि मात्रै बजार लाग्ने भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ रोपनी चौरमा भक्तपुर, काठमाडौं, काभ्रेपलाञ्चोकदेखिका उपभोक्ताको भीड लागे पनि अपेक्षित रूपमा बिक्री कम भएपछि व्यापारीले आजबाट मूल्य घटाएका हुन्।

दसैंका लागि मुस्ताङ हुँदै ल्याइएको च्यांग्रा आजबाट किलोमा दुई सय ५० रूपैयाँ घटाइएको छ।

यहाँका सबै व्यापारीको सल्लाहअनुसार नै च्यांग्राको मूल्य घटाएर प्रतिकिलो एक हजार १०० रूपैयाँमा बिक्री थालिएको व्यापारीहरूले बताए।

बझाङबाट ल्याइएको नेपाली च्यांग्रा प्रतिकिलो नौ सय रूपैयाँमा बिक्री भइरहेको र चिनियाँ च्यांग्रा प्रतिकिभक्तपुरको सल्लाघारीमा दसैंका लागि ल्याइएका च्यांग्रा, भेडा, बोका र खसीको बिक्री कम भएपछि व्यापारीले मूल्य घटाएका छन्।लो एक हजार एक सय रूपैयाँमा बिक्री भइरहेको छ।

च्यांग्रा व्यापारी उत्तम खड्गीका अनुसार मुस्ताङमै महँगो तिर्नुपरेकाले च्यांग्राको मूल्य बढेको थियो। तर आजबाट मूल्य घटाएको उनले बताए।

‘चीनबाट ल्याइएको च्यांग्रा नेपाली व्यापारीले मुस्ताङबाट किन्दा किलोमा नभइ गोटामा हिसाब हुन्छ। गोटाको ३५ हजारदेखि ४० हजारसम्म रूपैयाँ तिर्नुपरेकाले यस वर्ष च्यांग्रा महँगो भएको हो।’

अर्का व्यापारी रमेश खड्काले भेडाको पनि मूल्य घटाएर प्रतिकिलो ६५० रूपैयाँमा बिक्री गरेको बताए।

व्यापारी कुलबहादुर श्रेष्ठले पशु स्वास्थ्य चिकित्सकबाट भेडा र च्यांग्राको परीक्षण गरेर ल्याएको बताए।

च्यांग्राको तयारी मासुको मूल्य पनि घटेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *