सुनसान बनेको काठमाडौंमा चहलपहल बढ्न थाल्यो, कलंकी चोकमा सवारी साधनको चाप

Thankot Times

थानकोट ।

दसैँ लागेसँगै सुनसान बनेको काठमाडौँमा बिस्तारे चहलपहल बढ्न थालेको छ ।

दसैँको अवसर पारेर लाखौँले काठमाडौँ छाडेर आफ्नो घर जाने भएकाले काठमाडौँ सुनसान हुने गर्दछ ।

आज टीकाको तेस्रो दिनदेखि भने बिस्तारै चहलपहल बढ्न थालेको छ ।

घर गएकाहरु काठमाडौँ फर्कन सुरु गरेका छन् भने मान्यजनबाट टीका ग्रहण गर्नेहरूको पनि सडकमा चहलपहल देखिएको छ ।

बन्द रहेका बजार पनि बिस्तारै खुल्न थालेका छन् ।

ट्राफिक प्रहरी प्रभाग नागढुंगाले काठमाडाैं भित्रने सवारी साधनहरूको संख्या बढिरहेको जनाएको छ । कलंकी चोकमा पनि सवारी साधनको चाप दिनहुँ बढिरहेको ट्राफिक प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ