दशैंकाे माैका पारी मच्छेगाउँमा चाेरी

Thankot Times

थानकोट ।
मच्छेगाउँमा दशैंको मौका छोपी घरमा कोही नभएको बेला चोरी भएको छ ।

प्रहरीका अनुसार चन्द्रागिरि नगरपालिका-९ मच्छेगाउ नयाँबस्ती बस्ने दुर्गाराज बरालको घरमा कोही नभएको अवस्थामा ढोकाको ताल्चा फोडी नगद तथा जिन्सी समेत गरी करिब ३ लाख ९० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *