तीन महिनामा करिब साढे नौ अर्बका ६ लाख ४२ हजार स्मार्टफोन नेपाल भित्र्याइयाे

Thankot Times

थानकोट ।

चालु आर्थिक वर्ष २०८०/०८१ को तीन महिना (साउन, भदौ र असोज)मा करिब साढे नौ अर्ब रुपैयाँका स्मार्टफोन भित्र्याइएको छ ।

भन्सार विभागका अनुसार तीन महिनामा नौ अर्ब ४३ करोड रुपैयाँबराबरका ६ लाख ४२ हजार ४१५ स्मार्टफोन नेपाल भित्र्याइएको हो ।

यसबाट सरकारले एक अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा आठ अर्ब ५३ करोड रुपैयाँबराबरका ६ लाख १८ हजार ५२० स्मार्टफोन आयात गरिएको थियो ।

त्यसबाट सरकारले एक अर्ब ५९ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *