विष्णुदेवी मन्दिर क्षेत्रमा यसवर्ष पनि छठी माई पूजा हुने
थानकोट ।
चन्द्रागिरि नगरपालिका वडा नं. १५ तीनथानास्थित विष्णुदेवी मन्दिर क्षेत्रमा यसपटक पनि छठ पर्वका लागि स्नानकाे व्यवस्था हुने भएकाे छ ।
विष्णुदेवी क्षेत्र संरक्षण तथा सुधार समाजले छठीमाईकाे पूजा व्यवस्थापन गर्न साे पूजामा सहभागी हुन चाहने व्यक्तिहरुले नाम टिपाउन अनुराेध गरेकाे छ।
मेला व्यवस्थापनकाे तयारीका लागि भन्दै साे समाजले यहि कार्तिक १८ गते छलफल ढाकेकाे चन्द्रागिरि नगरपालिका वडा नं. १५ का वडाध्यक्ष घनश्याम लुँइटेलले जानकारी दिए ।
विष्णुदेवी सामुदायिक भवनमा व्यवस्थापकीय पक्षकाे छलफल बिहान ८ बजे सुरु हुने बताइएको छ।
स्थानीय निकायको समन्वय एवं व्यवस्थापनमा चन्द्रागिरि नगरका मातातीर्थ, विष्णुदेवी लगायतका तीर्थस्थलमा छठी माईकाे पूजा हुने गरेको छ।
फाइल फाेटाे













