भक्तपुरमा एकल फोटो प्रदर्शनी

थानकोट ।

नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले भक्तपुरको कमलविनायकस्थित नेपाल भोकेसनल एकेडेमीमा आयोजना गरिएको फोटोग्राफर सुरेशराज शाक्यको एकल ‘झिगु ख्वप’ फोटो प्रदर्शनीको बिहीबार उद्घाटन गरेका छन् ।

विगत ३० वर्षदेखि फोटोग्राफीमा सक्रिय कृपाग्राफी भक्तपुरका संस्थापक अध्यक्ष एवं सल्लाहकार फोटोग्राफर शाक्यको एकल प्रदर्शनीको उद्घाटन गर्दै राजदूत भोल्कले प्रर्दशनीबाट भक्तपुरको जीवन्त इतिहास उजागर भएको बताए ।  उनले भने, “भक्तपुर फोटोग्राफीका लागि अनुपम स्थल हो, यहाँका पाइला पाइलामा चित्ताकर्षक वस्तु पाइन्छन्, यस्तो प्रदर्शनीलाई ३० वर्ष प्रतीक्षा गर्न नपरोस्, चाँडोभन्दा चाँडो यहाँका सम्पदा विश्वमा चिनाउन सकियोस् ।”

प्रर्दशनीका संयोजक, सम्पदा संरक्षणकर्मी एवं एकेडेमीका प्रमुुख रवीन्द्र पुरीले पहिलो पटक एकेडेमीमा एकल फोटो प्रर्दशनी गर्न पाएकामा खुशी व्यक्त गर्दै  प्रदर्शनीबाट भक्तपुरको पहिचानलाई उजागर भएको बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *