त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. शिवलाल भुषाल नियुक्त, पदावधि ३ महिना
थानकोट ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. शिवलाल भुषाल नियुक्त भएका छन् ।
त्रिविका उपकुलपति प्रा.डा. धर्माकान्त बास्कोटाको यही कार्तिक १६ गतेदेखि पदावधि समाप्त भएपछि रिक्त रहेको सो पदमा त्रिवि ऐन, २०४९ को दफा २१ ख बमोजिम सो पदपूर्ति नभएसम्म दैनिक कार्य सञ्चालन गर्न बढीमा ३ महिनाको लागि प्रधानमन्त्री समेत रहेका त्रिवि कुलपति पुष्पकमल दाहालले भुषाललाई कार्तिक १७ गते जिम्मेवारी तोकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव अर्जुनप्रसाद पोखरेलले जानकारी दिए ।


















