भाइटीकाको उत्तम साइत १०:५१ बजे

Thankot Times

थानकोट ।

यस वर्ष तिहारको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार दिउँसो १०:५१ बजे परेको छ ।

नेपाल पाञ्चाङ्ग निर्णायाक विकास समितिका कार्यकारी निर्देशक सोमबार एक विज्ञप्ति जारी गरेर भाइटीकाको शुभ साइतबारे जानकारी दिएका हुन् ।

हिन्दु धर्माबलम्बीमा तिहारको भाइटीकाको दिन दिदी बहिनीले दाजुभाइलाई टीका लगाइदिएर दीर्घायुको कामना गर्ने प्रचलन छ ।

टीका लगाउन साइत हेर्ने चलन रहेको छ ।

तर साइतमा टीका लगाउन नभ्याउनेहरुले साँझसम्म लगाउने प्रचलन पनि रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ