बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्रीका अंगरक्षक (पीएसओ) मृत फेला, अनुसन्धान जारी

Thankot Times

थानकोट ।

 बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालका अंगरक्षक (पीएसओ) मृत फेला परेका छन् । 

मन्त्री दुलालका पीएसओ यामबहादुर सुवेदी मंगलबार हेटौडा उपमहानगरपालिका वडानम्बर ११ को बनदेवी मन्दिर परिसरमा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । 

मकवानपुर प्रहरी प्रमुख सीताराम रिजालले अंगरक्षक प्रहरी सहायक निरीक्षक सुवेदी झुन्डिएको अवस्थामा भेटिएको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ