ट्रकको ठक्करबाट युवकको घटनास्थलमै मृत्यु
थानकोट ।
बाँकेको कोहलपुरमा ट्रकले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।
कोहलपुरस्थित कृषि चोकमा गएराति ट्रकले ठक्कर दिँदा जाजरकोटको छेडागाड नगरपाालिका-११ का ३१ वर्षीय गोरख चुदाराको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीका अनुसार सुदूरपश्चिमबाट काठमाडौँ जाँदै गरेको ००१ ख २४३२ नम्बरको मालबाहक ट्रकले कोहलपुर-२ प्रेमनगर नजिकै रहेको कृषि चोकमा चुदारालाई ठक्कर दिएको हो ।
उनको घट्नास्थलमै ज्यान गएको हो ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।












