वडाअध्यक्ष शैक्षिक विकास कोषमा शिक्षासेवी खड्काको १ लाख १ हजार १०१ रूपैयाँ सहयोग

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-१५ तीनथानास्थित वडा अध्यक्ष शैक्षिक विकास कोषमा चन्द्रागिरि नगरका सुप्रसिद्ध शिक्षासेवी तथा प्रभात माविका पूर्व प्रधानाध्यापक सुरेन्द्र बहादुर खड्काले १ लाख १ हजार १ सय १ रूपैयाँ सहयोग गर्नुभएको छ ।

खड्काले बिहीबार सो कोषका अध्यक्ष मोहनहरी आचार्यमार्फत सो रकम हस्तान्तरण गर्नुभएको बताइएको छ ।

चन्द्रागिरि नगरपालिका वडा नं. १५ का तत्कालीन वडाध्यक्ष ईञ्जिनियर उत्तम बहादुर राउतको अग्रसरतामा २०७४ सालमा स्थापना भएको सो शैक्षिक कोषबाट छात्रवृत्ति प्राप्त गरी करिब ६० जना विद्यार्थीले कक्षा १२ को परीक्षा उत्तीर्ण गरिसकेका छन् ।

अहिले करिब ४० जना विद्यार्थीले छात्रवृत्तिमा अध्ययन गरिरहेको राउतले जानकारी दिनुभयो ।

शिक्षा सेवी खड्काले आफुसँग रहेको चलअचल सम्पत्तिको अधिकांश हिस्सा परोपकारको क्षेत्रमा दान दिने घोषणा गर्नुभएको बताइएको छ। उहाँले चन्द्रागिरि नगरका विभिन्न शैक्षिक प्रतिष्ठानका अतिरिक्त विभिन्न सामाजिक संघसंस्थाहरूमा आर्थिक सहयोग गर्दै आउनुभएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *