काठमाडाैं महानगरमा राति १ बजेसम्म द्याैसी भैलो खेल्न अनुमति
थानकोट ।
काठमाडाैं महानगरपालिका क्षेत्रभित्र राति १ बजेसम्म द्याैसी भैलो खेल्न पाइने भएको छ ।
शुक्रबार बिहान मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमा एक स्टाटस राख्दै सो जानकारी दिएका हुन् ।
उनले लेखेका छन्ः
बिगतको बर्षहरुमा कोभिडको कारण तथा सुरक्षाको कारणले गर्दा तिहारमा देउसी भैलो खेल्ने समय काठमाडौ महानगर भित्र राती ९ बजे सम्म मात्र खेल्न अनुमती दिइएको थियो ।
यो बर्ष काठमाडौ महानगर नगरप्रहरीले ” राती १ ” बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको ब्यबस्था मिलाएको छौ र सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेलीदिनु हार्दिक अनुरोध गर्दछौ , सोही अनुरुप नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध मिलाउन हार्दिक अनुरोध गर्दछौ।













