नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार रुपैयाँ बढ्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) सुन तोलामा एक हजार रुपैयाँ बढेको हो । 

यस दिन छापावाल सुन तोलामा एक लाख १४ हजार ७०० रुपैयाँले कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन उक्त सुन तोलामा एक लाख १३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै, तेजावी सुन तोलामा एक लाख १४ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । 

चाँदी मूल्य तोलामा २० रुपैयाँले बढेको छ । चाँदी तोलामा एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *